घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु

जेष्ठ ५, २०८२

सम्झना रसाइली

Two women died after falling while cutting grass

तनहुँ — वनमा घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–३ सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको सोमबार लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा सोलुङकी ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

सोमबार बिहान घाँस काट्न गएका उनीहरू दिउँसो अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully