प्याराग्लाइडिङ पाइलटको मापसे-लापसे जाँच

जेष्ठ ५, २०८२

अनुप पौडेल

Measure-and-lapse examination of a paragliding pilot

कास्की — पोखराका प्याराग्लाइडिङ पाइलटले उडान गर्ने क्रममा मादक पदार्थ र लागूपदार्थ सेवन गरे-नगरेको जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले सोमबार पोखरा-२४ स्थित प्याराग्लाइडिङ उडान स्थल मान्द्रेढुंगा पुगेर ३९ जना पाइलटको मापसे जाँच गरेको हो । 

३९ मध्ये ३८ जनाले सेवन नगरेको भेटियो । १५ पाइलटको लापसे परीक्षण गरिएकोमा एक जनाले मापसे-लापसे दुवै सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले बताए ।

ती पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाइलटले मापसे र लापसे गरेर उडान गराएको गुनासो आएपछि जाँच गरिएको उनले बताए । 

अनुप

Link copied successfully