बुलिङटारमा हावाहुरीले पोल ढाल्दा अन्धकारमा १२ सय घर

जेष्ठ ५, २०८२

नारायण शर्मा

1,200 houses in darkness as storm knocks down poles in Bullingtar

नवलपरासी पूर्व — हावाहुरीले बिजुलीका पोल ढाल्दा बुलिङटार गाउँपालिकाका ३ वटा वडाका १२ घर अन्धकारमा रहेका छन् । गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले टेलिफोनमा दिएको जानकारीअनुसार गत वैशाख ३१ र जेठ १ गतको हावाहुरीले त्यहाँको १ ,२ र ३ नम्बर वडाका १२ सय घरधुरी बिजुलीविहीनको अवस्थामा पुगेका हुन् ।

विद्युत् आपूर्ति बन्द हुँदा इन्टरनेटसमेत बन्द छ । ढलेका पोल ठड्याउन सोमबारदेखि मात्र काम सुरु भएको छ । 

वडा नम्बर २ का अध्यक्ष कमल वकावलका अनुसार पोल ढलेको स्थानवाट करिब ४१ किलोमिटर टाढा रहेको विद्युत् प्राधिकरण कार्यालय कावासोतीका कर्मचारी आएर इस्टिमेट गर्ने र काम गराउन पर्ने भएकाले मर्मतमा ढिला भएको हो । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully