नवलपुर — शुक्रबार मध्याह्न आएको हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४ थोप्लो ४ मेगाहर्जको टावरमा क्षति पुर्याएको छ ।
हावाहुरीले टावर ढालिदिएपछि प्रसारण रोकिएको एफएमका प्रबन्ध निर्देशक राधिका भुसालले बताइन् । १ सय २० फुट अग्लो टावर हावाहुरीका कारण ४ टुक्रा भएको छ । छिटोभन्दा छिटो टावरको मर्मत गरेर प्राविधिक समस्या हल भएपछि प्रसारण सुरु गरिनेछ ।
पूर्वी र पश्चिम नवलपरासीमा हावाहुरीका कारण धेरै स्थानमा क्षति पुगेको छ । घर तथा टहराको जस्तापाता उडाएका र रुख ढलेका खबर आइरहेका छन् । बिजुलीको पोल ढलेका कारण विद्युत आपूर्तिमा पनि समस्या आएको छ ।
