गोरखा — भवितव्य ज्यान कसुर मुद्दामा १ वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना तोकिई फरार रहेका गण्डकी गाउँपालिका–३ फुजेल (साबिक फुजेल गाविस-५) का ५३ वर्षीय नारायणप्रसाद पन्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।
पुनरावेदन अदालत, पोखराको २०६१ पुस २६ को आदेशले पन्तलाई भवितव्य ज्यान कसुर मुद्दामा कैद र जरिवाना सुनाएको थियो ।
त्यसपछि फरार पन्तलाई बिहीबार चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । शुक्रबार जिल्ला अदालत गोरखामा पेस गरिएको र अदालतको आदेशअनुसार प्रतिवादीलाई तोकिएको कैद भुक्तानका लागि कारागार कार्यलय, गोरखा पठाइएको उनले बताए ।
