दरौदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

जेष्ठ १, २०८२

हरिराम उप्रेती

A child died while swimming in Daraudi

गोरखा — दरौदी नदीमा पौडी खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–४ का १५ वर्षीय सिजल गुरुङको डुबेर मृत्यु भएको छ । 

बिहीबार अजिरकोट गाउँपालिका–५ स्थित दरौदीमा पौडी खेल्ने क्रममा गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । उनी ५ जना साथीसहित पौडी खेल्न दरौदी नदी पुगेका थिए । 

पौडी खेल्ने क्रममा उनी रहमा डुबेर बेपक्ता भएका थिए । खोजतलासको क्रममा बालक मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक किरण घिमिरे नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully