कास्की — पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिइन् । माइक्रोमा ११ जना सवार थिए ।
मृतकबाहेक ८ जनाको अवस्था सामान्य रहेको उनले बताइन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको माइक्रो एक्कासी चलेको हावाहुरीले अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माइक्रो सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो ।
तस्बिर : बुद्धिराज बस्याल
![Micro accident in Pokhara, 3 dead [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/accident-kaski-photo-sisuwa-1452025033753-1000x0.jpg&w=1001&h=0)