कास्की — गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन आगामी जेठ ११ मा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त दिन दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिलामन्त्री एवं सरकारका प्रवक्ता टकराज गुरुङले जानकारी दिए ।
यस अधिवेशनमा मुख्यतः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ । प्रदेश सभाको पछिल्लो अधिवेशन दुई महिना चलेर गत चैत २६ मा अन्त्य भएको थियो ।
