सामागाउँमा  पर्यटन तथा वन पैदावार चेकपोस्ट पुन: सञ्चालन

वैशाख २९, २०८२

हरिराम उप्रेती

Re-operation of tourism and forest produce check post at Samagaon

गोरखा — चुमनुव्री गाउँपालिका–१ सामागाउँमा पर्यटन तथा वन पैदावार चेकपोस्ट पुन: संचालनमा आएको छ । कोरोना महामारीका कारण बन्द भएको चेकपोस्ट मनास्लु दिवसको दिन वैशाख २६ गतेबाट पुन: सञ्चालनमा ल्याइएको हो । 

मनास्लु क्षेत्र आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भइरहेकाले पर्यटकको सुविधालाई ध्यानमा राखेर पर्यटक जाँच केन्द्रको सेवा पुन: सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)का प्रमुख सन्तोष शेरचनले बताए । जाँच केन्द्रबाट पर्यटकलाई ट्रेकिङ रुटका बारेमा जानकारी दिने, पर्यटकीय क्षेत्रका बारेमा सूचना प्रवाह गर्ने, पर्यटन अनुमतिपत्रको जाँच गर्नेलगायतका कार्य हुने उनले बताए ।

Re-operation of tourism and forest produce check post at Samagaonजडिबुटी संकलनका बेला अनुमगमन तथा वन्यजन्तबाट घरपालुवा जनावरलाई क्षति गरे अनुगमन तथा राहतका लागि आवश्यक कागजात संकलनका लागि सहजीकरण सेवा पनि केन्द्रबाट प्रवाह हुने उनले बताए । ‘सामागाउँ मुख्य ठाउँ पनि हो, मनाङ तर्फबाट लार्केपास गरेर गोरखा प्रवेश गर्नेहरुको परमिट चेकिङमा पनि सहज बन्छ,’ उनले भने ।

यसअघि एमक्यापले चुमनुव्री–३ जगतमा पर्यटक जाँच केन्द्र सञ्चालनमा ल्याएको थियो । कोरोनाका महामारीका बेला जगत र सामागाउँको पर्यटन जाँच केन्द्र बन्द हुँदा चुमनुव्री–३ सिर्दिवासस्थित फिलिममा रहेको एमक्यापको कार्यालयबाट उत्त सेवा प्रवाह हुँदै आएको थियो । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully