कास्की — खोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनाको मादीवाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार २३ वर्षीय दीपक कँडेलको मृत्यु भएको हो ।
बागलुङ स्थायी घर भएका उनी पोखरा–८ आलुमाइला चोक बस्थे । उनलाई अचेत अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
मृतक कँडेलको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
