बोट पल्टिएर फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Safe rescue of 7 people trapped in Fewa lake after the boat overturned

कास्की — हावाहुरीले बोट पल्टिएर फेवातालमा फसेका ७ जनाको उद्धार गरिएको छ । बिहीबार फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७  जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिँदा ७ जना फेवातालमा फसेका थिए । उनीहरूको उद्वारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।

उद्धारपछि एक जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

कान्तिपुर

Link copied successfully