दाउन्ने सडक एकतर्फी सञ्चालन

वैशाख २३, २०८२

नारायण शर्मा

Down road one-way operation

नवलपरासी — मंगलबार बिहानको बर्षात‍्का कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक एकतर्फी सञ्चालन भएको छ । बुटवल-नारायणगढ सडक आयोजना कार्यालयले दिएको जानकारीअनुसार मंगलबार अपराह्न ५ बजेबाट बर्दघाट हुँदै नारायणगढतर्फ जाने गाडी सञ्चालन भएको हो ।

नारायणगढबाट दुम्कीवास हुँदै बर्दघाट बुटवल जाने गाडी भने सडक चिप्लो भएका कारण आउजाउ गर्न सकेको छैन । दुम्किवासबाट पश्चिम बुटवलतर्फ जाने सडकको अवस्था पनि त्यस्तै छ ।

पश्चिमबाट पूर्वतर्फ आउने दाउन्ने पहाडको सडक केही सजिलो भएका कारण यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी प्रमुख यादव ढकालले बताए । उनका अनुसार दाउन्नेको हिलोमा ग्राभेल हाल्ने मेसो मिलाइएको छ । 

बिहान ११ बजे दाउन्ने पहाडमा बर्षात् भएपछि त्यहाँ यातायात ठप्प भएको थियो । अपराह्नबाट पश्चिमवाट पूर्वनारायणगढतर्फ जाने गाडी सञ्चालन भएको हो । 

पूर्व-पश्चिम हिँडेका सयौं गाडी मंगलबार दिउँसो ५ बजेसम्म पनि दुम्कीवासमा रोकिएका छन् ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully