कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

वैशाख १९, २०८२

रासस

Kaligandaki Corridor: Rahughat-Tatopani 14 km black paper

म्याग्दी — बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ । 

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनको २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो ।  हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । 

रासस

Link copied successfully