दाउरा प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

वैशाख १६, २०८२

घनश्याम खड्का

The husband who killed his wife by throwing firewood was arrested

म्याग्दी — सोमबार राति श्रीमतीको हत्या गरी फरार भएका रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भई बेनी नगरपालिका–७, बेनीमंगलाघाट आरनटोलमा बस्दै आएका ४० वर्षीय राजु विक मंगलबार बिहान पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार राति अन्दाजी १०–११ बजे श्रीमती भगवती विक (३०)लाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरी भागेका विकलाई मंगलबार बिहान बेनी नगरपालिका–२ स्थित खवरा सामुदायिक वनभित्र लुकी बसेको अवस्थामा पक्राउ गरिएको हो। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राति १० बजे विकको घरमा झगडा भएको, होहल्ला सुनिएको थियो तर कोही पनि उद्धारमा नगएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त राजु विकले सधैं मदिरा सेवन गरी घर आउने र झगडा गर्ने गरेकोले सोमबार पनि कसैले चासो नदिएको तर बिहान अबेरसम्म घरमा सुनसान भएपछि खोजी गर्दा भगवती मृत अवस्थामा भेटिएकी थिइन्।

छिमेकीहरूका अनुसार सोमबार नै मृतक भगवती पर्वतको जलजला गाउँपालिका–३, गुफाटोलस्थित आमा गुमाको घरमा गएकी थिइन्। साँझ राजु मदिराले मातिएकै अवस्थामा सासुको घरमा गई श्रीमतीलाई लिएर आएका थिए।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully