गोरखा — चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस बनेका सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ ।
आइतबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर बेहोस बनेका खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लाइएको थियो ।
अस्पताल ल्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ । आइतबार साँझ परेको चट्याङ लागेर पालुङटार नगरपालिका–७ मा दुई जना घाइते भएका थिए ।
उनीहरुको नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।
