ढुंगाले हानेर आफ्नै चार महिने छोराको हत्या 

वैशाख १०, २०८२

सम्झना रसाइली

He killed his own four-month-old son by throwing stones

तनहुँ — जिल्लाको घिरिङ गाउँपालिका–४ थामडाँडामा एक आमाले चार महिनाको छोरालाई ढुंगाले हानेर हत्या गरेकी छिन् ।

नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारले आफ्लै छोरा अर्जुन परियारको ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । 

तनहुँ प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भिमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडकखण्डमा कमलाले छोरालाई ढुंगाले हानेर गम्भीर घाइते बनाएकी थिइन् ।

स्थानीयले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगेकामा उपचारका क्रममा राति ९:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

कमलालाई इलाका प्रहरी कार्यालय डेढगाउँले नियन्त्रणमा लिएर अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गराएर अनुसन्धान गरिरहेको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully