दाउन्नेमा ५ घन्टादेखि राजमार्ग अवरुद्ध 

वैशाख ४, २०८२

नारायण शर्मा

The highway was blocked for 5 hours in Downey

नवलपरासी — पानी परेका कारण चिप्लिएर दाउन्नेमा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका  अनुसार बिहीबार दिउँसो १ बजेबाट अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।

देशकै  लाइफलाइन  मानिने महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको बर्दघाट र दुम्किबास बीचमा  पर्ने १४ किमि खण्ड दाउन्ने अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छ्न् । 

राजमार्ग फराकिलो पार्ने क्रममा निस्किएको धूलो वर्षापछि हिलाम्य हुँदा सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।  

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully