तनहुँमा टिपरको ठक्करबाट किशोरको मृत्यु, किशोरी घाइते

चैत्र ३०, २०८१

सम्झना रसाइली

A teenager died in Tanahun after being hit by a tipper, a teenager was injured

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा शनिबार टिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरीले जनाएको छ ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५८७५ नम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाइ दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । 

दुर्घटनामा घाइते भएका स्कुटर चालक मनिष र स्कुटरमा पछाडि सवार १५ वर्षीया अनिशा आले मगर घाइते भइ उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार उपचारका क्रममा मनिषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते अनिशालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully