क्व्होलासोथारमा मंगलबार सार्वजनिक बिदा

चैत्र २५, २०८१

आश गुरुङ

Tuesday is a public holiday in Kholasothar

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिकाले मंगलबार साँस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने परम्परा छ ।

यी पर्वको अवसरमा मंगलबारका दिन गाउँपालिका वा अन्तरगतका कार्यालयहरू, वडा कार्यालयहरू, अत्यावश्यक बाहेकका स्वास्थ्य अनुसार संस्थाहरू, सबै विद्यालयहरू तथा अन्य संघ संस्थाहरूमा कार्यापालिका बैठकले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताए ।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गुरुङ गाउँहरूमा साउन र चैत महिनाको अन्तिम मंगलबार गाउँको पूजा (ट्हो त्हेँ) गर्ने भएकाले स्थानीय सार्वजनिक बिदा दिइएको बताए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully