बस पल्टिँदा २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

चैत्र २२, २०८१

रासस

When the bus overturned, 20 passengers were injured, 4 were in critical condition

तनहुँ — जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् । 

डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो । प्रहरीका अनुसार घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेका  छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 

'गाडी साहु र चालकको खोजी भइरहेको छ', उनले भने, 'कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।'

रासस

Link copied successfully