बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका विद्यार्थीको मृत्यु

चैत्र १३, २०८१

हरिराम उप्रेती

Death of a student who was giving SEE due to goiter

गोरखा — बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एसईईका परीक्षार्थी आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको मृत्यु भएको छ ।  आरुघाट गाउँपालिका–४ थुमीस्थित बूढीगण्डकीमा बुधबार बेलुकी पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतको प्रहरी टोलीले खोजतलास गर्दा नदीले बगाएको ठाउँभन्दा १ किलोमिटर तल गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

‘चार/पाँच जना साथीसहित पौडी खेल्न जाँदा नदफले बगाएको रहेछ,’ उनले भने । आर्खेतको फुटबल मैदाननजिकैको बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको उनले बताए ।  आरुघाट-१ स्थित गणेश माविका विद्यार्थी गुरुङ आर्खेतको गण्डकी माविबाट एसईईमा सहभागी विद्यार्थी हुन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully