लमजुङ — १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
बेंसीसहर नगरपालिका-१, उदिपुरका ३७ वर्षीय युवराज आलेमगरलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युवकविरुद्ध लमजुङ जिल्ला अदालतमा बुधबार ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।
गत सोमबार राति ११ बजेतिर किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताए ।
ती युवकलाई मंगलबार बिहानपख पक्राउ गरिएको र जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।
