स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा एककाे मृत्यु

चैत्र १०, २०८१

प्रतीक्षा काफ्ले

One person died in a jeep accident in Walling of Syangja

स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका-५ स्थित मजकाेटमा आइतबार बिहान भएकाे जीप दुर्घटनामा महिलाकाे मृत्यु भएकाे छ । वालिङ-७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।

आज बिहान साढे ७ बजे वालिङबाट चापाकाेट जाँदै गरेकाे ग १ ज ७५११ नम्बरकाे जीप १५० मिटर तल खसेकाे थियाे । जीप के कारण खस्याे भन्ने पत्ता नलागेकाे स्याङ्जा प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दिलसराकाे खनाखत उनका कान्छा छाेराले गरेका थिए । दिलसरा आफन्त बिरामी भेट्न शनिबार वालिङ झरेकी थिइन् । उनमा दुई छाेरा र बुहारी छन् । जीप चालक चापाकोट नगरपालिका-३ इनासकोट घर भइ हाल वालिङ-११ बस्ने वर्ष २७ वर्षीय सुरज थापा फरार छन् । उनकाे खाेजतलास भइरहेकाे प्रहरीले जनाएकाे छ । जीपका कति यात्रु थिए भन्ने अहिलेसम्म खुलेकाे छैन । 

प्रतीक्षा काफ्ले

Link copied successfully