वन क्याम्पस पोखरामा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल निर्वाचित

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Aneraswaviyu and revolutionary panel was elected in One Campus Pokhara

कास्की — वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा निर्वाचित भएको छ ।

मंगलबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार यो क्याम्पसमा सत्तारुढ र प्रतिपक्षी दलका विद्यार्थी संगठनको प्यानल स्ववियुमा निर्वाचित भएको हो । अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा निर्वाचित भएका छन् । शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गरे । शर्माले २ सय ३० मत पाउादा हुमागाईंले १ सय ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक डा. रामचन्द्र शर्माले जानकारी दिए । 

सचिवमा क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर निर्वाचित भए । सचिवमा नेविसंघका दिपेन्द्रप्रसाद रौनियारले १ सय ४८ मत प्राप्त गरे । यी २ उम्मेदवारबीच ७८ मतको फरक रहृो । 

कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ ७० मतान्तरले विजयी भइन् । श्रेष्ठले २ सय २४ र नेविसंघकी जानकी गुर्धामीले १ सय ५४ मत पाए । 

सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारीले २ सय ४७, सिद्धान्त खनालले २ सय ३२, अखिल (क्रान्तिकारी)की रिया श्रेष्ठले २ सय २५, प्रकट ढुंगाना र भिभोर शाहले समान २ सय ३० मत प्राप्त गरे । नेविसंघका प्रदीप श्रेष्ठले १ सय ५३, विकास ढकालले १ सय ४६, निर्मल पाण्डेयले १ सय ३८, भावना भण्डारीले १ सय ३७ र प्रसिद्धि अर्यालले १ सय ३६ मत पाए । 

अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य तथा क्रान्तिकारीले सचिव र ३ सदस्य लिने सहमति गरेर प्यानल बनेको थियो । यस क्याम्पसमा ४ सय ५० मतदाता रहेकोमा मंगलबार भएको मतदानमा ३ सय ८३ मत खसेको थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully