गोरखा — बारपाक सुलिकोट गाउँपालिका–४ टुकराङकी ६९ वर्षीय बिमाया वरामको जंगलमा घाँस काट्न जाँदा माथिबाट खसेको काठको मुढाले लागेर मृत्यू भएको छ ।
मंगलबार घाँस काट्न बोरिखर्क जंगलमा पुगेका बेला भिर माथिबाट खसेको मुढा टाउकोमा लाग्दा वराम घाइते बनेकी थिइन् ।
घाइते उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्र प्रसाद सुवेदीले बताए ।
घटनावारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
