७ महिना अगावै बनेको खारखोला पुलको उद्घाटन

चैत्र ५, २०८१

हरिराम उप्रेती

Inauguration of Kharkhola bridge which was built 7 months ago

गोरखा — पालुङटार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोलामा नवनिर्मित पुलको मंगलबार उद्घाटन गरिएको छ । सम्पन्न हुने सम्झौता अवधि ७ महिना बाँकी छँदै पुल निर्माण सम्पन्न भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित पुलको उद्घाटन गरे ।

दसकिलो–ढुंगेटारी–बिर्दी–शेरा सडकखण्ड अन्तर्गत ढुंगेटारीमा २०८० चैत २७ गते ठेक्का सम्झौता गरी पुल निर्माण थालिएको थियो । आगामी असोज २६ सम्म निर्माण सम्पन्न हुने गरी सम्झौता गरिएको पुल सम्झौताको अवधि सात महिना बाँकी छँदै सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए ।

पुल निर्माणको जिम्मा गणेश अमृत जेभीले लिएको थियो । दुई करोड ७५ लाख ९० हजारको लागतमा पुल निर्माण भएको सुवेदीले बताए । पुल निर्माण सम्पन्न भए पनि ठेकेदारलाई हालसम्म दुई करोड ४३ लाख ५२ हजार रकम भुक्तानी गरिएको उनले जानकारी दिए । ‘बाँकी रकम भुक्तानीको प्रक्रियामा छ,’ उनले भने ।Inauguration of Kharkhola bridge which was built 7 months ago

२५.५६ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको पुल बनेसँगै पालुङटार–९, १० र ६ का बासिनदलाई गोरखा सदरमुकाम तथा काठमाडौंसम्म पुग्न सहज भएको छ ।

पुल उ्दघाटन समारोहमा ठेकेदार कम्पनीका प्रतिनिधि मिलन खड्कालाई सम्मान गरिएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully