बालिका बलात्कार आरोपमा एक जना पक्राउ

चैत्र ३, २०८१

हरिराम उप्रेती

One person was arrested on charges of raping a girl

गोरखा — १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनारलाई पक्राउ गरेको छ । 

फागुन १८ गते बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । आरोपितविरुद्ध फागुन २६ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले पक्राउ अनुमति लिएको थियो । 

शनिबार पालुङटार–२ बाट आरोपितलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully