तनहुँमा जंगली च्याउ खाँदा १० जना बिरामी

चैत्र २, २०८१

सम्झना रसाइली

10 people sick after eating wild mushrooms in Tanahun

तनहुँ — जिल्लाको व्यास नगरपालिकामा जंगली च्याउ खाएर शनिबार १० जना बिरामी भएका छन् । व्यास–६ स्थित शान्तिटोलका गुरुबहादुर पुलामीसहित उनको परिवार जंगली च्याउ खाएर बिरामी भएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेका थिए । शान्तिटोल बस्ने ६३ वर्षीय मामा गुरुबहादुर पुलामीको घरमा लगिदिएका थिए । च्याउ खाएका उनको परिवारका सदस्य बिरामी भएका हुन् ।

जंगली च्याउ खाएका १० जनामै वाकवाकी लाग्ने, पखाला लाग्ने, रिङ्गाटा लाग्ने भएपछि दमौली अस्पताल उपचार भइरहेको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully