धार्चेमा तीन विधामा ब्याटमिन्टन प्रतियोगिता

फाल्गुन २७, २०८१

हरिराम उप्रेती

Badminton tournament in three categories in Dharche

गोरखा — धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा भएको ‘प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याटमिन्टन’ प्रतियोगिताको उपाधि विधान अधिकारी र पविन लिङथेयको जोडीले जितेको छ । तीन विधामा प्रतियोगिता भएको थियो ।

राष्ट्रिय पुरुष युगल विधातर्फ त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र पविन लिङथेयको जोडी पहिलो बनेको हो । विजताले नगद ७५ हजार पाएका छन् ।त्यस्तै तन्दुरी हाउस काठमाडौंका सुप्रिम पन्त र सुविन श्रेष्ठ दोस्रो, कन्चनपुर र दाङबाट आएका विवेक चौधरी र हिमन्सु कवर मगरको जोडी तथा धादिङ र लमजुङबाट आएका राम मल्ल ठकुरी र सुजन थापाको जोडीले तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रो हुनेले क्रमश: ४५ हजार र १५/१५ हजार नगद पुरस्कार पाए । 

खुल्ला जिल्लास्तरीय विधातर्फ धादिङका भीषण श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी पहिलो बनेका छन् । धादिङकै जेनिश अमात्य र बुद्धि थापाको जोडी दोस्रो, गोरखाका मुकुल गुरुङ र छत्र थापा तथा धादिङका विष्णुलाल श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडी तेस्रो बन्यो ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ४५ हजार, ३० हजार, ७ हजार ५ नगद पुरस्कार गरेका छन् ।

गोरखा जिल्ला अन्तरपालिकास्तरीय पुरुष युगल विधामा बारपाक सुलिकोट गाउँपालिकाका कृष्ण गुरुङ र रमेश थापा पहिलो बनेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका लीलाबहादुर रानाभाट र वीरकुमार थापा दोस्रो तथा सहिद लखन गाउँपालिकाका डिल थापा र निर्मल थापा तथा गोरखा नगरपालिकाका सुजन भट्ट र अन्जित श्रेष्ठ तेस्रो बने । पहिलो, दोस्रो र तेस्रो बन्नेले क्रमश: ३० हजार, २० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully