मध्यविन्दुमा कृषि प्रविधि तथा रैथाने खाना महोत्सव सुरु

फाल्गुन २२, २०८१

नवीन पौडेल

Agriculture Technology and Raithane Food Festival started in Madhya Bindu

नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-७ चोरमारामा कृषि प्रविधि तथा स्थानीय रैथाने खाना महोत्सव सुरु भएको छ  । महोत्सवको बिहीबार एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरतर्फ तीनै तहका सरकार लागिपर्नु पर्ने बताए । 

पालिकाभित्र रहेका उत्कृष्ट कृषि उत्पादन, प्रविधि तथा विभिन्न जातजातिको मौलिक खाना प्रदर्शनीमा राखिएको छ । किसानलाई नयाँ प्रविधिको सीप विकासका लागि मुलुकका विभिन्न स्थानबाट कृषि औजार र प्रविधिका स्टलहरु रहेका छ्न् । तीन दिनसम्म चल्ने महोत्सवमा सहभागी हुने किसान र समूहलाई नि:शुल्करुपमा स्टल उपलब्ध गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले बताए । 

प्रदर्शनीमा थारु, मगर, गुरुङलगायतका जातजातिको रैथाने खानाको स्टलमा सहभागीको भीड लागेको थियो । महोत्सव सुरु हुनुअघि जातजातिको मौलिक बाजा र पोसाकमा सजिएका स्थानीयले नगर परिक्रमा गरेका थिए ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully