मनकामना मन्दिर गएर फर्किएका दर्शनार्थी चढेको माइक्रो दुर्घटनामा १ जनाको मृत्यु, १४ घाइते(नामावलीसहित)

फाल्गुन १९, २०८१

हरिराम उप्रेती

1 dead, 14 injured in micro accident involving pilgrims returning from Manakamana temple (with list)

गोरखा — गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको माइक्रोबस दुर्घटना हुँदा चितवन, खैरहनी नगरपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनकामनाबाट आँबुखैरेनी तर्फ आउँदै गरेको 'अन टेस्ट ईभी' माइक्रो शहिद लखन गाउँपालिका–३ कान्टारमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गर्दा माइक्रो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

चालक समेत रहेका चितवन खैरहनी नगरपालिका–२ टाँडी पर्साका २६ वर्षीय सुमित चौधरी, सोही ठाउँकी ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षका रितेश परियार, १३ वर्षका सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्जिता आले, ३५ वर्षीया प्रमिला राना घाइते भएका छन् । 

त्यस्तै ४३ वर्षीया विमला परिया, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेश परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार पनि घाइते भएका छन् ।

घाइतेहरूको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । माइक्रो सडकबाट करिब १५ मिटर खोंचमा खसेर दुर्घटनामा परेको थियो । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully