पूर्वी नवलपरासीमा ८६ सहिदका परिवारलाई सम्मान

फाल्गुन १५, २०८१

नवीन पौडेल

Tributes to the families of 86 martyrs in East Nawalparasi

नवलपुर — पूर्वी नवलपरासीमा सहिद परिवारका सदस्यलाई सम्मान गरिएको छ ।

२०५२ साल फागुन १५ गते सहिद भएकाहरूको सम्झनामा ८६ जना सहिदका परिवारलाई सम्मान गरिएको हो । 

द्वन्द्व पीडित महिला सञ्जाल पूर्वी नवलपरासीले सम्मान गरेको हो । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला, बालिका तथा सहिद परिवारले आत्मसम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित गर्न र निर्णय प्रक्रियामा सहभागिता गराउन राज्यले अझै पनि नसकेको द्वन्द्व पीडित महिला सञ्जाल पूर्वी नवलपरासीका अध्यक्ष पार्वती सिग्देलले बताइन् । 

जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्माले देश निमार्णको लागि बलिदानी दिने सहिदको सम्झनामा एक दिन मात्र सम्झनेभन्दा पनि उनीहरूको परिवारको हकहितका लागि बनेका कानुनको अक्षरश: पालनामा राज्यले ध्यान दिनुपर्ने बताए । सञ्जालको तथ्यांक अनुसार जिल्लामा ३ सय ४ परिवार द्वन्द्व पीडित छन् । त्यस्तै, द्वन्द्वका क्रममा मृत्यु भएका १ सय २ जना र २९ जना बेपत्ता रहेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully