जराङमा ‘जनयुद्ध’ संग्रहालय [तस्बिरहरू]

फाल्गुन १५, २०८१

हरिराम उप्रेती

'Janyudh' Museum in Jarang [Photos]

गोरखा — बारपाक सुलिकोट गाउँपालिका–८ स्थित जराङमा 'जनयुद्ध' संग्रहालय निर्माण गरिएको छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका दिलबहादुर रम्तेलको गाउँ जराङमा संग्रहालय बनेको हो । संग्रहालयको औपचारिक उद्‌घाटन भने हुन बाँकी छ ।

‘दिलबहादुर रम्तेल स्मृति पार्क तथा जनयुद्ध संग्रहालय’मा हातहतियार कक्ष, श्रव्य–दृश्य कक्ष र मूर्ति तथा फोटो प्रदर्शनी कक्ष रहने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । ‘२०७६ सालबाट संग्रहालय निर्माणको काम सुरु गरेका हौं, अबको दुई वर्षभित्र सक्ने योजना छ,’ उनले भने । 

पालिका र संघीय सरकारको बजेटबाट संग्रहालय निर्माण गरिएको उनले बताए । सहिद प्रतिष्ठान नेपालको नाममा ९ रोपनी जग्गा खरिद गरेर संग्रहालय निर्माणको काम सुरु भएको भट्टले बताए । ‘म आफैं पनि २० वर्षको उमेरमा माओवादी आन्दोलनमा लागेँ, माओवादी आन्दोलनले भोगेका कुरा भावि पुस्तालाई कसरी बुझाउने भनेर खुलदुली हुन्थ्यो,’ उनले भने,‘जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको पनि गाउँ, देश विदेशमा जनयुद्धको बारेमा केही कुरा थाहा होस् भन्ने उद्देश्यका साथ संग्रहालय निर्माण थालेका हौँ ।’ 

'Janyudh' Museum in Jarang [Photos]

संग्रहालयमा जनयुद्धको सुरुवातदेखि अन्तिमसम्मको अवस्था झल्कने गरी फोटो प्रदर्शनी कक्ष रहेने उनले बताए । ‘जनयुद्धको क्रममा कस्ता हतियारले युद्ध लडियो ती कुरा पनि राख्दैछौँ,’ उनले भने । पुस्तकालय, पिकनिक स्पट लगायतका संरचना निर्माणको काम बाँकी नै रहेको भट्टले सुनाए । शैक्षिक भ्रमणमा आउने विद्यार्थी, आमा समूह पनि संग्रहालय अवलोकनका लागि आउन थालेको उनले बताए । ‘पिकनिक स्पट बनाउनका लागि पनि जग्गा प्राप्तिको प्रक्रियामा छौं,’ उनले भने । 

'Janyudh' Museum in Jarang [Photos]

संग्रहालय निर्माणका लागि यसअघि झन्डै चार करोडको काम भइसकेको उनले बताए । चालु आर्थिक वर्ष डेढ करोड बजेटबाट चुना, सुर्की, घेरावार लगायतको काम भइरहेको छ । राणा शासनविरुद्ध पहिलो पटक विद्रोह गर्ने नेपालका प्रथम सहिद लखन थापा, २००७ सालमा राणा शासनविरुद्ध लड्ने चार सहिद, पञ्चायतविरुद्ध लड्ने झापा आन्दोलनका चार सहिद, क्याप्टेन यज्ञबहादुर थापा, जनयुद्धको क्रममा मृत्युवरण गर्ने सुरेश वाग्लेको पनि सालिक राख्ने योजना रहेको भट्टले बताए । ‘सिम्बोलिक रुपमा सबै गणतन्त्र प्राप्तिका धाराहरुलाई केन्द्रित गर्न खोजेका छौ, माओवादी पक्ष होस् वा इतर पक्ष द्वन्द्वका क्रममा सहिद हुनेहरुको सम्झनामा स्तम्भ पनि बनाउँदै छौं,’ उनले भने ।

'Janyudh' Museum in Jarang [Photos]

'Janyudh' Museum in Jarang [Photos]

'Janyudh' Museum in Jarang [Photos]

'Janyudh' Museum in Jarang [Photos]

'Janyudh' Museum in Jarang [Photos]

'Janyudh' Museum in Jarang [Photos]

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully