काठमाडौँ — अजिरकोट गाउँपालिका–१ चिस्याङमा बाटो खन्ने क्रममा ढुंगाले लाग्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ ।
तनहुँ आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षीय एक्स्काभेटर चालक रामबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
बुधबार चिस्याङमा कालिका हाइड्रोपावरको ड्याम जाने मोटरबाटो (नयाँ ट्र्याक) खोल्ने क्रममा बाग्मती प्रदेश ०६–००१ क ०१३१ नम्बरको एक्स्काभेटरमाथि अचानक माथिबाट ढुंगा खस्दा च्यापिए चालक मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्स्काभेटरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
