गलेश्वरधाममा भक्तजनको भीड

फाल्गुन १४, २०८१

घनश्याम खड्का

Crowd of devotees at Galeshwardham

म्याग्दी — शिवरात्रिको अवसरमा सदरमुकाम बेनीदेखि तीन किलोमिटर उत्तरमा रहेको गलेश्वरधाममा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

बिहान ४ बजे देखि नै गलेश्वर मन्दीरमा भगवान शिवको पूजाआरधाना गर्ने र दर्शन गर्नेहरुको घुइँचो लागेको छ । शिवजीको दर्शन गर्न जिल्लाबाहेक बाग्लुङ, मुस्ताङ, पर्वत, कास्कीबाट समेत ठूलो संख्यामा भक्तजन आउने क्रम बिहानैदेखि जारी छ । 

‘गलेश्वर शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो वर्ष हिउँ कम परेकोले शिवरात्रिमा गलेश्वर शिवालय दर्शन गरी मुस्ताङ जान आएका तीर्थयात्रुको संख्या पनि उल्लेख्य देखिएको छ’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘साँझसम्मै भक्तजन आउनेक्रम रहने भएकोले ५० हजारबढी भक्तजनले गलेश्वर शिवालयको दर्शन गर्ने आकलन गरिएको छ ।’

Crowd of devotees at Galeshwardham

गलेश्वर महादेवको मूल अंग स्वयं उत्पन्न भएको मानिएको ज्योर्तिलिंग पूजाअर्चना गर्ने क्रम परापूर् काल देखि नै भएको हो । रहुगंगा र कालीगण्डकी नदीको संगमस्थलमा अवस्थित गलेश्वर शिवालयमा महाशिवरात्रीका दिन ठूलो मेला लाग्ने गर्दछ । 

गलेश्वरमा भक्तजनले पूजा अर्चना बाहेक बसाह चढाउने, रोट चढाउने, महादीप प्रज्वलन गर्ने समेतका काम गर्छन् । 

Crowd of devotees at Galeshwardham

तीन रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल ढुंगामाथि अवस्थित गलेश्वर शिवालय मन्दीरको छेउमा चट्टानबीच लाम्चो आकार परेको एक जल कुण्ड छ । बाह्रैमास पानी नसुक्ने तलाउ छ । हिउँदको खडेरीमा समेत नसुक्ने तलाउको पानी बर्खाको झरीमासमेत पूरै भरिदैन । ढुंगाको बीचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully