बालिका बलत्कारको आरोपमा शिक्षक पक्राउ

फाल्गुन १३, २०८१

हरिराम उप्रेती

Teacher arrested on charges of raping girls

गोरखा — १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई गत पुस महिनादेखि पटक/पटक बलात्कार गरेको आरोपमा जाजरकोट घर भई धार्चे गाउापालिकाका एक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पीडित बालिकाको आफन्तमार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully