फागुन १ र २ गते शहीद लखन गाउँपालिकामा सार्वजनिक बिदा

माघ २९, २०८१

हरिराम उप्रेती

February 1st and 2nd is a public holiday in Shaheed Lakhan Rural Municipality

गोरखा — नेपालका प्रथम सहिद लखन थापामगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवसको अवसरमा शहीद लखन गाउँपालिकाले फागुन १ र २ गते सार्वजनिक बिदा दिएको छ । गत माघ २३ गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय गराएर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रथम सहिद थापामगर र उनका सहयोद्धा चुमीमगर लगायतका लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति बलिदान प्राप्त गर्ने सहिदको स्मृति र सम्मानमा दोस्रो लखन कप अन्तरवडा पुरुष भलिबल प्रतियोगिता लगायतका विभिन्न समारोह पनि आयोजना गरिएको गाउँपालिकाले मंगलबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

फागुन १ र २ गते गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा विद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully