ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार १६ वर्षीय बालकको मृत्यु

माघ २८, २०८१

प्रतीक्षा काफ्ले

A 16-year-old boy riding a motorcycle died after colliding with a truck while overtaking

स्याङ्जा — सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित भएको सडक दुर्घटनामा १६ वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार राति साढे ८ बजेतिर वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा पसेको थियो । 

मोटरसाइकलको पछाडि बसेका विरुवा गाउँपालिका–७ घर भई हाल वालिङ–९ क्याम्पसरोड बस्दै आएका सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

घाइते सुशीलको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति मृत्यु भएको उनले बताए । प्रहरीले ट्रक चालक पर्वतको कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकार लामिछाने र मोटरसाइकल चालक वालिङ–८ का १७ वर्षीय हेमन्त रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतीक्षा

Link copied successfully