मोटरसाइकल दुर्घटनामा पोखराका दुई युवकको मृत्यु

माघ २७, २०८१

दीपक परियार

Two young men from Pokhara died in a motorcycle accident

पोखरा — पोखराको लेकसाइडमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको निधन भएको छ । लेकसाइडमा बिहान १ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २१ वर्षीय सुजल अधिकारीको निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार लेकसाइडबाट सहिद चोकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ स्ट्रिट नम्बर-३ नजिकै सोलार पोलमा ठोक्किन पुगेको थियो ।

टाउकोमा गम्भीर चोट लागेका दुवैको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । चिकित्सकले बिहान २:२० बजे दुवैलाई मृत घोषणा गरेका थिए । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully