सवारीसाधन चिप्लिँदा दाउन्नेमा जाम

माघ २५, २०८१

नवीन पौडेल

Congestion due to vehicle slippage

परासी — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सवारीसाधन चिप्लिँदा सवारीको लाम लागेको छ । बुटवल नारायणगढ सडक खण्ड बिस्तारको क्रममा दाउन्ने खण्डमा कल्भर्ट र पहाड काट्ने क्रममा निस्किएको पानीले गर्दा सडक चिप्लो हुने र सवारीसाधन चिप्लिने गरेका छन् ।

ठूला र मालबाहक सवारी उकालो र ओरालो सडकमा चिप्लिँदा सवारी आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जाराले बताए । 

ठूला र मालबाहक सवारी उकालो उक्लन नसक्दा यात्रुबाहक सवारी र साना सवारी पनि जाममा पर्नु परेको बन्जराले बताए ।

दाउन्ने खण्डको दुम्कीबासदेखि दाउन्ने मन्दिरसम्म करिब ७ किलोमिटर दुरी पार गर्न २ घण्टा भन्दा बढी जाममा बस्नु परेको यात्रु भगवती सुवेदीले गुनासो गरिन् । सडक सुचारु बनाउन कल्भर्ट बनाउनेस्थलको डाइभर्सनमा ह्युमपाइप राख्ने काम भइरहेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully