कावासोती-१ का वडाध्यक्षको निधन

माघ १९, २०८१

नारायण शर्मा

Ward president of Kawasoti-1 passed away

पूर्वी नवलपरासी — कावासोती नगरपालिका-१ का वडाध्यक्ष तवारक अहमद मियाँ ह्रदयघातका कारण निधन भएको छ । शनिबार गैँडाकोटमा भएको युवा संघको कार्यक्रममा कुर्सीमा बसिरहेका मियाँ त्यही ढलेका थिए ।

गैडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा युवा संघ नवलपुरको दशौँ अधिवेशन चलिरहेको थियो। उनले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

मन्तव्य सकेर कुर्सीमा बसेका उनी त्यही ढलेपछि उनलाई उपचारकालागि चितवन मेडिकल कलेज पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

एमालेबाट वडाध्यक्षमा निर्वाचित मियाँ ३५ वर्षका थिए । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully