त्रिशूली किनारमा एक जनाको शव फेला

माघ १९, २०८१

हरिराम उप्रेती

A dead body was found on the shore of Trishuli

गोरखा — गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५५ वर्षीय पुरुषको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवको पहिचान हुन सकेको छैन ।

नदी किनारको ढुंगाको बिच भागमा अड्किएको शवको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको अनुसन्धान टोली र सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालय कुरिनटारबाट खटिएको प्रहरी टोलीले निकालेर पोस्टमार्टमका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully