गोरखा — ट्याक्टरबाट खसेर आरुघाट गाउापालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर रानाको मृत्यु भएको छ । शुक्रबार बिहान आरुघाट–माछाखोला सडक खण्डअन्तर्गत आरुघाट गाउँपालिका–३ खुर्सानेमा युवक मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा मृत युवक आर्खेतबाट माछाखोला तर्फ जाँदै गरेको ना ६ त ९६३० नम्बरको ट्याक्टरमा सवार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए ।
मृतकको निजकै बुबाबाट सनाखत गरिएको उनले बताए । ‘ट्याक्टरबाट खस्दा ट्याक्टरको पछाडिको टायरले किचिएर मृत्यु भएको प्रारभ्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । शव पोस्टमार्टमका लागि आरुघाट आधारभूत अस्प्तालमा राखिएको छ । सिरानचोक गाउँपालिका–४ छोप्राक घर भएका ट्याक्टर चालक १८ वर्षीय गणेश मालबुललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
