रुखबाट खसेर एकको मृत्यु

माघ १२, २०८१

हरिराम उप्रेती

One died after falling from a tree

गोरखा — भिमसेन थापा गाउँपालिका–४ धावा वटडाँडाका ५५ वर्षीय पोष्टबहादुर लामिछानेको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार घर पछाडि रहेको चौताराको बरको हाँगा काट्ने क्रममा रखसेर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।

 ‘रुखले घरको छायाँ परेको भनि हाँगा काट्ने क्रममा खसेर घटना भएको खुलेको छ,’ उनले भने । 

 इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले घटनाको प्रारभ्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully