हत्याको आशंका
गोरखा — टाउको र खुट्टामा चोट लागेर घाइते अवस्थामा भेटिएका गोरखा नगरपालिका–६ काँडेझ्याङका ८५ वर्षीय तोपबहादुर पाठकको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको छ ।
बिहीबार घर नजिकैको बारीमा पाठक घाँटी, टाउको र खुट्टामा चोट लागेको अवस्थामा फेला परेका थिए ।
प्रहरीले उनको उद्धार गरी उपचारका लागि गोरखा अस्पताल पुर्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट धारिलो हतियार, खुकुरी र ऊनको टोपी फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
