भ्रष्टाचारका फाइल खोल्न थालेपछि प्रचण्ड सरकार ढालियो : श्रेष्ठ

पुस २७, २०८१

प्रतीक्षा काफ्ले

Prachanda's government was overthrown after corruption files were opened: best

स्याङ्जा — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढालेको बताएका छन् ।

नेकपा माओवादी पार्टी स्याङ्जा आँधीखोला गाउँपालिकाको दोस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्ने मात्र नभई कारबाहीसमेत गर्न थालेपछि कांग्रेस–एमालेले भ्रष्टाचारीको रक्षाका लागि सरकार ढालेको बताएका हुन् ।

‘भ्रष्टाचार नियन्त्रण कसैले गर्छ भने त्यो माओवादीले नै हो,’ उनले भने, ‘यदि कोही भ्रष्टाचार गर्छ भने त्यो माओवादी होइन । त्यस्ता व्यक्तिलाई माओवादीबाट बहिष्कार गरौं ।’

संसारमा कहीं नभएको परिवर्तन नेपालमा भएको र यो माओवादीकै कारण सम्भव भएको पनि उनले बताए । ‘तत्कालीन समयमा राजाले लात हानेपछि कांग्रेस–एमाले हामीसँग मिल्न आएका हुन्,’ उनले भने, ‘संविधानको रक्षा गर्ने पार्टी पनि हामी नै हो ।’

आफू गृहमन्त्री हुनुअघिका गृहमन्त्रीले नागरिकता र राष्ट्रिय परिचयपत्र छपाइको काम निजी कम्पनीलाई दिने निर्णय गरेको भए पनि आफूले उक्त निर्णय खारेज गरेको पनि उनले बताए ।

प्रतीक्षा

Link copied successfully