दुर्घटनामा मुगु जिल्ला समन्वय प्रमुखसहित २ जना घाइते

पुस २५, २०८१

नवीन पौडेल

2 people including Mugu district coordination chief were injured in the accident

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनामा मुगु जिल्ला समन्वय समितिका प्रमुखसहित दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कावासोती  नगरपालिका वडा नम्बर १६, चालिस किलोमा वाग्मती प्रदेश ०६–००१ ख ०२३१ नम्बरको टिपर र बा १ झ ९११६ नम्बरको मुगु जिल्ला समन्वय समितिको सुमो गाडी आपसमा ठोक्किँदा मुगु जिल्ला समन्वय समिति प्रमुख ५० वर्षीय मन्जन कार्की र चालक मुगु सोरु –३ ,बस्ने वर्ष–२० को भविरा कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी जेसी शाहका अनुसार काठमाडौंबाट मुगु जाँदै गरेको सुमो गाडी र चोरमारा बाट कावासोतीतर्फ आउँदै गरेको टिपर ठक्कर खाँदा सो दुर्घटना भएको हो । घाइते दुवै जनाको अवस्था मध्यम रहेको र उनीहरूको मध्यविन्दु जिल्ला अस्पतालमा डण्डामा उपचार भइरहेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully