सेतीको ड्याममा खसेका युवा मृत भेटिए

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Youth who fell in Seti Dam found dead

कास्की — पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिएका छन् । 

बुधबार साँझ ७ बजेर २० मिनेट जाँदा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो ।

४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको कालीका गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार कैलाली जिल्ला धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा-१९ लामाचौरमा डेरा गरी बस्ने वर्ष २१ का संगम पौडेल हुन् ।

सूचनाको आधारमा खटिएको प्रहरीले २० मिनेट २५ सेकेन्डमा शव निकाली अस्पताल पुर्‍याएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully