गोरखा — नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) पालुङटार नगपालिकाको अध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका छन् । बिहीबार भएको पहिलो नगर सम्मेलनबाट पोखरेलको अध्यक्षतामा २७ सदस्यीय नगर समिति निर्वाचित गरिएको छ ।
समितिको उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा भतबाबु श्रेष्ठ, सहसचिवमा सीता भट्टराई र कोषाध्यक्षमा भरत देवकोटा निर्वाचित भएका छन् । नगर समितिमा चार सदस्य थप गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए । सर्वसम्मत रूपमा नगर समिति निर्वाचित गरिएको पनि उनले बताए ।
