नारायणीको भंगालो नवलपरासीतर्फ फर्काइँदै

पुस १८, २०८१

नारायण शर्मा

Narayani's Bhangalo being returned to Nawalparasi

नवलपरासी पूर्व — चितवन र नवलपरासीको सीमा नदी रहेको नारायणी नदीको बहाव नवलपरासीतर्फ फर्काउने काम सुरु भएको छ । केही वर्षदेखि चितवन तर्फबाट नदीजन्य पदार्थ निकालेका कारण नदीको बहाव चितवनतर्फ मात्रै बगेको छ ।

पूर्वी नवलपरासीको गैंडाकोट, देवचुली , कावासोती र मध्यबिन्दु नगरपालिका हुँदै त्रिवेणीधाम पुग्ने नारायणी नदीमा पानीको बहाव नदेखिएपछि जिल्ला समन्वय समितिको अगुवाइमा बिहीबार नदी उत्तरतर्फ ( नवलपरासीतर्फ ) फर्काउने काम सुरु भएको हो ।

जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्माले गैंडाकोट नगरपालिका वडा नम्बर-११ स्थित गणेशघाटबाट बिहीबार नवलपरासीतर्फ थुप्रिएको ढुंगा ग्राभेल हटाएर नदीको बहाव फर्काउने काम सुरु भएको बताए ।  शुक्रबारसम्म  पानीको बहाव नवलपरासीतर्फ फर्काउने काम सकिने उनको भनाइ छ ।

पर्यटन व्यवसायी र संरक्षणकर्मीले नारायणीको पानी चितवनतर्फ मात्र एकोहोरिएर बगेका कारण नवलपरासीतर्फका जलचरसमेत संकटमा परेको भन्दै पटक-पटक सरकारको ध्यानाकर्षण गराएका थिए ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully